Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सोलखपुरमा छठघाट उद्घाटन, स्थानीयको वर्षौं पुरानो सपना साकार

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक छठीघाटको आइतबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । वडा कार्यालयको विनियोजित बजेट तथा वीरगंज महानगरपालिकाको नगरस्तरीय थप बजेटको संयुक्त लगानीमा निर्माण गरिएको उक्त छठीघाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

छठीघाट व्यवस्थापन समिति र सोलखपुर गाउँवासीको संयुक्त आयोजनामा सम्पन्न उद्घाटन समारोहमा वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले रिबन काटेर तथा शिलालेख अनावरण गर्दै नवनिर्मित छठीघाटको उद्घाटन गरे ।

कार्यक्रम वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले महानगरपालिकाले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले स्थानीय उपभोक्ता समिति, वडा कार्यालय र समुदायबीचको समन्वयका कारण गुणस्तरीय निर्माण कार्य समयमै सम्पन्न भएको उल्लेख गर्दै यस्ता पूर्वाधारले धार्मिक पर्यटन र स्थानीय समुदायलाई समेत लाभ पुग्ने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले वडाको बजेटसँगै महानगरपालिकाको थप सहयोगले सोलखपुरवासीको लामो समयदेखिको आधुनिक छठीघाट निर्माण गर्ने सपना पूरा भएको बताए । उनले आगामी दिनमा पनि वडामा आवश्यक विकास निर्माणका योजनालाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीयवासीले आधुनिक छठीघाट निर्माणसँगै छठ पर्वलगायत अन्य धार्मिक गतिविधि सञ्चालन गर्न थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...