Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

छठ घाटका लागि संकलन गरिएका बाँस र टाली चोरी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाट निर्माणका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली चोरी भएको घटनाले स्थानीयवासी चिन्तित बनेका छन् ।

स्थानीयका अनुसार छठ पर्वको तयारीस्वरूप घाट व्यवस्थापनका लागि संकलन गरिएका बाँस र टाली अज्ञात व्यक्तिले चोरी गरेका हुन् ।

घटनाको अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालय श्रीपुरले चोरी भएका ६० वटा बाँसमध्ये ९ वटा बाँस स्थानीय चौठीनारायण यादवको घरबाट बरामद गरेको जनाएको छ ।

यस्तै, चोरी भएको टाली लोकनारायण यादव, चौठीनारायण यादव र पृथ्वीनारायण यादवको घरमा राखिएको स्थानीयवासीले दाबी गरेका छन् । उक्त दाबीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनापछि स्थानीयवासीले निष्पक्ष छानबिन गरी चोरीमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ र संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...