Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जेठकाे तलब पठाउने सहमतिपछि वीरगंज महानगरका कर्मचारीको आन्दोलन स्थगित

spot_img
spot_img

वीरगंज । बाँकी रहेको दुई महिनाकाे तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगंज महानगरपालिकाका कर्मचारीले एक महिनाको तलब तत्काल उपलब्ध गराउने सहमतिपछि आफ्नो आन्दोलन स्थगित गरेका छन् ।

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको सक्रियतामा प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बाेहरा र आन्दोलनरत कर्मचारीबीच भएको त्रिपक्षीय वार्तापछि सहमति जुटेको हो । सहमतिसँगै कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरपालिकाको सेवा तथा सम्पूर्ण कामकारबाही पुनः नियमित रूपमा सञ्चालनमा आएको छ ।

यसअघि बिहीबार दिउँसो स्थानीय निकाय कर्मचारी संघ, वीरगंज महानगर एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको बाँकी तलब तत्काल भुक्तानी गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका थिए । आन्दोलनका क्रममा लेखा शाखामा तालाबन्दी गरिएको थियो भने दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको थियो ।

वार्ताका क्रममा हाललाई जेठ महिनाको तलब तत्काल निकासा गर्ने व्यावहारिक सहमति भएको छ । बाँकी असार महिनाको तलब पनि आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र भुक्तानी गर्ने प्रतिबद्धता महानगरका तर्फबाट जनाइएको स्रोतले जनाएको छ ।

एक महिनाको तलब तत्काल उपलब्ध गराउने सहमतिसँगै आन्दोलनरत कर्मचारीहरूले विरोधका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नियमित रूपमा कार्यालयको कामकाजमा फर्किएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...