Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पोखरिया नगरपालिकाका दुई कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका सञ्जय कुमार पाण्डेय, अपाङ्ग शाखामा कार्यरत तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट र पोखरिया नगरपालिका–१० निवासी महेन्द्र राउत कुर्मी विरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आयोगका अनुसार महेन्द्र राउत कुर्मीको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा पोखरिया नगरपालिकाको अपाङ्गता समन्वय समितिले २०७८ असोज ११ गतेको निर्णयबाट उनलाई अपाङ्गता वर्गीकरण अनुसार ‘Y (ग)’ श्रेणीको परिचयपत्र प्रदान गरेको थियो । उक्त श्रेणीका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था नरहे पनि कर्मचारीहरूले मिलेमतोमा सरकारी अभिलेखमा रहेको विवरण केरमेट गरी ‘Red (क)’ श्रेणी कायम गराएको आरोप छ ।

यसरी सरकारी कागजात सच्याई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न मिल्ने परिचयपत्र तयार गरी प्रमाणित गराइ रु. १ लाख ९१ हजार ५२० बराबरको सरकारी रकम अनियमित रूपमा लाभ लिएको आयोगको ठहर छ ।

अख्तियारले तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबर रु. १ लाख ९१ हजार ५२० कायम गरी बिगो असुल, सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुख्य प्रतिवादी दुई कर्मचारीमाथि सरकारी लिखत सच्याउने तथा भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ भने महेन्द्र राउत कुर्मीलाई उक्त कसुरमा मतियारको भूमिकामा संलग्न रहेको आरोपमा मुख्य कसुरदारसरह सजायको माग गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...