Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालिकामाईमा कर्मचारी आन्दोलन जारी, शुक्रबारदेखि विद्यालय र स्वास्थ्य सेवा सञ्चालन हुने

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले पेनडाउन आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

गत मंगलबार कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्र चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले सोही दिनदेखि गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पारेका थिए । आन्दोलनका कारण बुधबारदेखि गाउँपालिका अन्तर्गतका विद्यालय तथा स्वास्थ्य चौकीसमेत बन्द रहेका थिए ।

घटनाको तीन दिन बितिसक्दा पनि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको र मुख्य आरोपितहरूलाई पक्राउ नगरेको आरोप लगाउँदै आन्दोलनरत कर्मचारीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना दिएका छन् ।

कर्मचारीहरूका अनुसार कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय कुमार पटेल, गाउँपालिका–२ निवासी राजनिश कुशवाहा तथा हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दिइएको भए पनि प्रहरीले दर्ता गरेकाे छैन । घटनाको सीसीटीभी फुटेजमा कुटपिट स्पष्ट देखिएको दाबी गर्दै उनीहरूले निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

आन्दोलनरत कर्मचारीहरूले सरकारी कार्यालयभित्र कार्यालय समयमै भएको आक्रमण सम्पूर्ण कर्मचारीमाथिको आक्रमण भएको उल्लेख गर्दै दोषीमाथि कानुनअनुसार कडा कारबाही, कर्मचारीको सुरक्षा सुनिश्चित तथा घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले उक्त घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको, प्रशासनिक कामकाज प्रभावित भएको तथा सुशासनमा समेत नकारात्मक असर परेको बताए ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले कर्मचारीमाथि जुनसुकै बहानामा गरिएको कुटपिट निन्दनीय भएको भन्दै घटनामा संलग्न जो–कोही भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरी स्राेतका अनुसार दुबै जनामाथि प्रहरी प्रतिवेदन अधारमा मुद्दा चलाइएकाे छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीकाे भनाई छ ।

यसैबीच कालिकामाई गाउँपालिकाले कर्मचारीमाथि भएको दुर्व्यवहारको विरोधमा आन्दोलन यथावत रहने जनाएको छ । तर विद्यार्थीहरूको भविष्य र आम नागरिकको स्वास्थ्य सेवामा प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले शुक्रबारदेखि गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य शाखाहरू नियमित रूपमा सञ्चालन गरिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले हरिहरपुर विर्तास्थित कार्यालयमा कर्मचारीहरूको विरोध कार्यक्रम भने यथावत रहने जानकारीसमेत दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

24 COMMENTS

  1. Hi I am so thrilled I found your website, I really found you by accident, while I was researching on Bing for something else, Nonetheless I am here now and would just like to say thanks a lot for a fantastic post and a all round thrilling blog (I
    also love the theme/design), I don’t have time to look over it all at the minute but I have book-marked
    it and also added in your RSS feeds, so when I have time I will be
    back to read more, Please do keep up the superb b.

  2. Fantastic goods from you, man. I have keep in mind your stuff previous to and
    you’re simply extremely wonderful. I really like what you’ve obtained here, really
    like what you’re stating and the way through which you assert it.

    You’re making it entertaining and you still care for to stay it sensible.
    I cant wait to read far more from you. This is really a wonderful website.

  3. I am not certain where you are getting your information, however
    good topic. I must spend some time learning more or working out more.
    Thank you for excellent information I was searching for this information for my mission.

  4. Today, I went to the beachfront with my children. I found a sea shell and gave it to my 4
    year old daughter and said “You can hear the ocean if you put this to your ear.” She
    placed the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear.

    She never wants to go back! LoL I know this is totally off topic but I had to tell someone!

  5. Hi, I do think this is an excellent web site.
    I stumbledupon it 😉 I may come back yet again since i have book marked it.
    Money and freedom is the greatest way to change, may you be rich and continue to help others.

  6. Hmm it looks like your site ate my first comment (it was super long) so I guess I’ll just sum it up what
    I had written and say, I’m thoroughly enjoying your blog.
    I as well am an aspiring blog writer but
    I’m still new to the whole thing. Do you have any recommendations for first-time blog writers?
    I’d genuinely appreciate it.

  7. Do you mind if I quote a couple of your articles
    as long as I provide credit and sources back to your blog?
    My website is in the exact same area of interest as yours and my users would really benefit from some of the information you
    present here. Please let me know if this okay with you.

    Many thanks!

  8. Howdy would you mind letting me know which hosting company
    you’re utilizing? I’ve loaded your blog in 3 completely different internet browsers
    and I must say this blog loads a lot faster then most.

    Can you recommend a good hosting provider at a honest price?
    Cheers, I appreciate it!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...