Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा सडक विस्तार अभियान तीव्र, बुधबार पनि डोजर सञ्चालन

spot_img
spot_img

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अभियान अन्तर्गत बुधबार पनि डोजर सञ्चालन गरिएको छ । अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकका २५/२५ मिटर दायाँ–बायाँका संरचना हटाउने कार्य अघि बढाइएको हो ।

सडक डिभिजन कार्यालय, हेटौंडाको नेतृत्वमा सञ्चालन भइरहेको अभियानमा बुधबार आधा दर्जन डोजर परिचालन गरी सडक क्षेत्रभित्र पर्ने संरचना खाली गराइएको छ । सोमबारदेखि सुरु भएको सडक विस्तार अभियानलाई निरन्तरता दिँदै सडक अतिक्रमण हटाउने कार्य तीव्र पारिएको हो ।

सडक डिभिजन कार्यालयले वीरगंजकाे मुख्य सडकमा दोस्रो पटक डाेजर अभियान सञ्चालन गरेको हो । यसअघि पनि सडक क्षेत्रभित्र बनेका संरचना हटाइएको थियो ।

सडक विस्तार सम्पन्न भएपछि यातायात व्यवस्थापन सहज हुने, ट्राफिक जाम न्यूनीकरण हुने तथा सहरको सौन्दर्यसमेत बढ्ने अपेक्षा गरिएको छ । बिहिबार पनि डाेजरले वीरगंजकाे घण्टाघर क्षेत्रकाे संरचनाहरु डाेजरले हटाइने सडक डिभिजन कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...