Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजलाई सफा र अतिक्रमणमुक्त बनाउन ‘एक्सन टिम’ गठन, सरफुद्दिन मियाँलाई नेतृत्व

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ ।

सोमबारदेखि जिम्मेवारी सम्हालेका मियाँको नेतृत्वमा सहरका विभिन्न क्षेत्रमा सरसफाइलाई तीव्रता दिनुका साथै सडकपेटी (फुटपाथ) अतिक्रमण हटाउने विशेष अभियान सञ्चालन गरिने महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जानकारी दिए ।

जिम्मेवारी हस्तान्तरणका क्रममा कार्यवाहक प्रमुख आलमले सहरमा कुनै पनि प्रकारको अतिक्रमण र फोहोर हुन नदिन तथा महानगरले सञ्चालन गरिरहेका सरसफाइ तथा व्यवस्थापनका कार्यमा कुनै कमजोरी हुन नदिन एक्सन टिमलाई निर्देशन दिए । उनले अभियान मुख्य सडकमा मात्र सीमित नरही महानगरका सबै ३२ वटै वडामा प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।

उनले महानगरको गरिमा कायम राख्न, नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा दैनिक जीवनमा देखिएका सरसफाइ र अतिक्रमणसम्बन्धी समस्याको समाधानमा परिणाममुखी ढंगले काम गर्न निर्देशन दिँदै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिए ।

महानगरपालिकाका अनुसार एक्सन टिमले नियमित सरसफाइ, फुटपाथ अतिक्रमण हटाउने, सार्वजनिक स्थानको व्यवस्थापन तथा सहरको सौन्दर्यीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...