Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

गर्मी, धुलो र प्रदूषणले बढायो छालाका रोगको जोखिम : विशेषज्ञले दिए सचेत रहन सुझाव

spot_img
spot_img

वीरगंज । नेपालमा बढ्दो गर्मी, धुलो, प्रदूषण र अनियमित जीवनशैलीका कारण छालासम्बन्धी रोगको समस्या उल्लेखनीय रूपमा बढिरहेको छ। छाला, यौनरोग, कुष्ठरोग तथा कोस्मेटिक सर्जन डा. अभिषेक सुमनका अनुसार अत्यधिक घाम, पसिना, फोहोर पानी, रासायनिक पदार्थको प्रयोग तथा स्वच्छताप्रतिको लापरबाहीले विभिन्न उमेर समूहका मानिसहरू प्रभावित भइरहेका छन्।

गर्मी मौसममा विशेषगरी घमौरा, फङ्गल इन्फेक्सन, दाद, खुजली, एलर्जी, अत्यधिक पसिनाका कारण हुने संक्रमण तथा अनुहारमा डन्डिफोरको समस्या बढी देखिने गरेको उनले बताए। यस्ता समस्यालाई सामान्य ठानेर आफूखुसी औषधि वा स्टेरोइड मिश्रित क्रिम प्रयोग गर्दा रोग झन् जटिल बन्न सक्ने भएकाले लामो समयसम्म समस्या रहिरहेमा विशेषज्ञ चिकित्सकको परामर्श लिन आवश्यक रहेको उनको भनाइ छ।

डा. सुमनका अनुसार यौनरोगसम्बन्धी विषयमा अझै पनि समाजमा खुला रूपमा छलफल गर्ने वातावरण पर्याप्त छैन। लाज वा डरका कारण धेरै बिरामी समयमै उपचारका लागि नआउँदा संक्रमण फैलिने र जटिलता बढ्ने जोखिम रहेको उनले बताए। सुरक्षित यौन व्यवहार अपनाउने, आवश्यक परे परीक्षण गराउने र समयमै उपचार गर्ने बानीले यस्ता रोगबाट बच्न मद्दत पुग्ने उनको सुझाव छ।

त्यसैगरी, कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग भए पनि प्रारम्भिक लक्षणलाई बेवास्ता गर्दा स्थायी शारीरिक अपाङ्गता हुन सक्ने उनले चेतावनी दिए। शरीरमा संवेदना कम भएको दाग, लामो समयसम्म नहराउने चाउरी वा छालामा असामान्य परिवर्तन देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन उनले आग्रह गरेका छन्।

हालका वर्षहरूमा कोस्मेटिक उपचारप्रति आकर्षण बढ्दो भए पनि सामाजिक सञ्जालका विज्ञापन वा अप्रमाणित सौन्दर्य केन्द्रको प्रभावमा परेर उपचार गराउँदा गम्भीर समस्या आउन सक्ने डा. सुमनले बताए। लेजर, बोटक्स, फिलर, दाग हटाउने वा अन्य सौन्दर्यसम्बन्धी उपचार योग्य तथा प्रशिक्षित विशेषज्ञबाट मात्र गराउनु सुरक्षित हुने उनले स्पष्ट पारे।

छालालाई स्वस्थ राख्न दैनिक सरसफाइ, पर्याप्त पानी सेवन, सन्तुलित आहार, घाममा निस्कँदा सनस्क्रिन प्रयोग, अनावश्यक रूपमा औषधियुक्त क्रिम प्रयोग नगर्ने तथा समस्या देखिएमा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु प्रभावकारी उपाय रहेको उनको सुझाव छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...