Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कर्मचारीमाथि कुटपिटको विरोधमा कालिकामाई गाउँपालिका ठप्प, दुई पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कामकाज ठप्प पारेका छन् । दोषीमाथि कडा कारबाहीको माग गर्दै कर्मचारीहरूले पेनडाउन आन्दोलन सुरु गरेका हुन् ।

गाउँपालिकाका कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि मंगलबार दिउँसो करिब १२:५१ बजे गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भाेला दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

कर्मचारीहरूले कार्यालय समयमै कार्यस्थलभित्र आफ्नै जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा भएको आक्रमणलाई सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमण भएको बताएका छन् । घटनाले कर्मचारीहरूको मनोबल कमजोर पार्नुका साथै प्रशासनिक कामकाज र सुशासनमा समेत नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ ।

गाउँपालिका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्तिमा जारी गर्दै घटनाको पृष्ठभूमि स्वास्थ्य शाखाबाट सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित विषय रहेको उल्लेख गर्दै उक्त विषयमा कम्प्युटर अपरेटर चौरसियाको व्यक्तिगत कुनै दोष नरहेको अवस्थामा उनीमाथि आक्रमण हुनु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय भएको जनाएका छन् ।

कर्मचारीहरूले घटनामा संलग्न रहेको आरोप लगाउँदै कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नं. ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित अन्य व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई संघीय कानुनबमोजिम कडा कारबाही गर्न उनीहरूको माग छ ।

माग सम्बोधन नभएसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारी कार्यालयमा काम नगरी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने तथा पेनडाउन आन्दोलन जारी राख्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

कर्मचारीहरूको आन्दोलनका कारण बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको छ । गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयसमेत बन्द भएका छन् ।

यसैबीच, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको तथा फरार रहेका अन्य आरोपितहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...