Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कमन जेनजी नेपाल पुनर्गठन, विकेश साहको अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन

spot_img
spot_img

वीरगंज । विभिन्न जेनजी समूह तथा घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालले आफ्नो केन्द्रीय कमिटी पुनर्गठन गरेको छ। पुनर्गठित १०५ सदस्यीय केन्द्रीय समितिको अध्यक्षमा विकेश साह चयन भएका छन् ।

अध्यक्ष साहले कमन जेनजी नेपाल कुनै पनि राजनीतिक दलको भातृ संगठन नभई विभिन्न जेनजी समूहहरूको साझा संगठनका रूपमा पुनर्गठन गरिएको बताए । उनले जेनजी आन्दोलनका मुद्दा र एजेण्डा पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै ती मुद्दालाई पुनः स्थापित गर्न सबै जेनजी शक्तिलाई एकताबद्ध बनाउने उद्देश्यका साथ संगठन विस्तार गरिएको जानकारी दिए ।

उनका अनुसार वर्तमान सरकारले जेनजी आन्दोलनका मुद्दा र मागलाई बेवास्ता गरेको स्पष्ट देखिएको छ । सरकारले जेनजीहरूको माग सम्बोधन गर्न इच्छुक नदेखिएकाले दबाब सिर्जना गर्न र साझा आवाज उठाउन सबै जेनजी समूह एकजुट हुनुपर्ने आवश्यकता रहेको उनले बताए । साथै, विभिन्न समूहमा विभाजित जेनजीहरूलाई साझा उद्देश्यका लागि एकीकृत भएर अघि बढ्न पनि उनले आह्वान गरे ।

पुनर्गठित केन्द्रीय समितिको उपाध्यक्षमा उज्जवल शर्मा र सोनिया पटेल, महासचिवमा रोनिश साह, उपमहासचिवमा जग्गु मण्डल, दिलिप साह र अफ्रोज आलम, सचिवमा ललन साह र राहुल यादव तथा कोषाध्यक्षमा समृद्धि रेग्मी चयन भएका छन् ।

त्यस्तै, कृष्णमोहन सहनी इन्चार्ज र प्रदीप साह सहइन्चार्ज रहेका छन् । केन्द्रीय सदस्यहरूमा विकास झा, सुभाष ठाकुर, अभिषेक अधिकारी, सन्नी ठाकुर, धीरेन्द्र साह, प्रसुना आचार्य, मनिष यादव, रञ्जन महतो, सुशान्त साह, रोहित कुशवाहा, आर्यन कुशवाहा, एमडी तौसिर राजा, मुरली साह, आर्यन थापा, किशोर केसी, दिपेन्द्र सिंह कुँवर, करण यादव, आभाष चौधरी, ऋषी साह, गौतम साह, राकेश साह, पृथ्वीकुमार साह, कृष्ण दास, दिलिप रजक, धर्मेन्द्र साहलगायत रहेका छन् ।

महासचिव रोनिश साहका अनुसार हाल १०५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ। आगामी केही दिनभित्र सातै प्रदेश तथा देशभरका जिल्लामा संगठन विस्तार गर्दै कमन जेनजी नेपालको सञ्जाल विस्तार गरिने उनले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...