Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वडा नं. ३ कार्यालय परिसरमा आयोजित कार्यक्रममा हेल्पिङ युथ क्लब अफ वीरगंजले समन्वय गरेको थियो । कार्यक्रमकाे उद्घाटन वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले गरेकाे थियाे ।

रक्तदान कार्यक्रममा एक महिलासहित २२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । कार्यक्रममा निलु श्रेष्ठ, विशाल सरार्फ, निखिल सरार्फ, अमित सरार्फलगायतले रक्तदान गरेका थिए ।

आयोजकका अनुसार अत्यधिक गर्मीका कारण विभिन्न अस्पतालमा रगतको माग बढिरहेको र आवश्यक रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र, समाजसेवी, स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आयोजकले रक्तदानलाई जीवन बचाउने महान मानवीय कार्य भएको उल्लेख गर्दै सबै स्वस्थ नागरिकलाई नियमित रूपमा स्वेच्छिक रक्तदान गर्न आग्रह गरेको छ । यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...