Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

बालेन सरकार १०० दिनमै अधिकांश क्षेत्रमा असफल : आजपा

spot_img
spot_img

वीरगंज । प्रभु साह नेतृत्वकाे आम जनता पार्टी (आजपा) ले वर्तमान सरकारले कार्यभार सम्हालेको १०० दिनको अवधिमा अधिकांश क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष सार्वजनिक गरेको छ ।

बालेन साह नेतृतव सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै आजपाले सुशासन, सामाजिक न्याय, राष्ट्रियता, लोकतन्त्र तथा अर्थतन्त्रलगायतका क्षेत्रमा सरकार असफल भएको दाबी गरेको हो ।

पार्टीले सार्वजनिक गरेको ‘सरकारको समीक्षा’ दस्तावेजमा भ्रष्टाचार नियन्त्रण, सुशासन, सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय र आर्थिक सुधारका क्षेत्रमा सरकारले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरिएको छ ।

आजपाका अनुसार सुशासन र सदाचारको क्षेत्रमा जेनेजी आन्दोलनका पीडितलाई राहत तथा दोषीमाथि कारबाही गर्ने विषय ओझेलमा परेको, सम्पत्ति छानबिनमा पक्षपात भएको, महँगी नियन्त्रण गर्न नसकिएको तथा मन्त्रालयमा सल्लाहकार र स्वकीय सचिवालय विस्तार गरी अनावश्यक खर्च बढाइएको छ ।

संविधान संशोधनको प्रक्रिया कर्मकाण्डमा सीमित रहेको, प्रशासनिक सुधार र सेवा प्रवाह कमजोर भएको तथा सार्वजनिक पदाधिकारी नियुक्तिमा अध्यादेश निष्क्रिय बनाएर आफ्ना निकट व्यक्तिलाई नियुक्त गरिएको आरोप पनि दस्तावेजमा उल्लेख छ ।

सामाजिक न्यायको क्षेत्रमा सरकारले सुकुम्बासी व्यवस्थापन गर्न नसकेको, दलित समुदायसँग गरिएका प्रतिबद्धता कार्यान्वयन नगरेको, सीमान्तकृत समुदायमाथि विभेद कायम राखेको तथा शिक्षा र स्वास्थ्यमा कर लगाएर नागरिकको मौलिक अधिकारमाथि आघात पुर्‍याएको आजपाको दाबी छ ।

राष्ट्रियताको सवालमा सरकारी उच्च पदमा विदेशीलाई प्रवेश गराइएको, विदेशीलाई वंशजको नागरिकता दिने प्रक्रिया अघि बढाइएको, नेपाली पूँजी विदेश लैजाने नीति सुरु गरिएको तथा भारतसँगको सीमा विवादमा सरकारका अभिव्यक्तिले नेपालको दाबी कमजोर बनाएको आरोप पनि पार्टीले लगाएको छ । नेपाली डाटा विदेशीलाई दिने नीति तथा नेतृत्वको संवादहीनताका कारण नेपाल अन्तर्राष्ट्रिय कूटनीतिमा एक्लिएको दाबी पनि दस्तावेजमा गरिएको छ ।

लोकतन्त्रका सन्दर्भमा लोकतान्त्रिक मूल्य–मान्यतामा ह्रास आएको, कानुनी शासनको सट्टा मनपरी शासनको अभ्यास भएको, संसद्को भूमिका कमजोर बनाइएको तथा पारदर्शी र जनउत्तरदायी शासनको सट्टा अदृश्य समूहबाट शासन सञ्चालन भइरहेको आजपाको आरोप छ ।

अर्थतन्त्र र बजेट व्यवस्थापनतर्फ दलाल वर्गलाई संरक्षण गरिएको, कर र ऋणको भार बढाइएको, रुग्ण उद्योग सञ्चालनभन्दा बिक्री गर्ने नीति अघि सारिएको, राजस्व संकलन र पुँजीगत खर्च दुवैमा कमजोर प्रदर्शन भएको तथा रोजगारी सिर्जना, वैदेशिक लगानी भित्र्याउने र बजार चलायमान बनाउने विषयमा सरकार असफल भएको आजपाले जनाएको छ ।

यस्तै, पुँजीगत बजेट खर्च न्यून रहेको, नयाँ विकास पूर्वाधार आयोजना अघि नबढाइएको, गरिब, बेरोजगार र किसानका समस्या बेवास्ता गरिएको, योजना छनोटमा पक्षपात भएको तथा बजेट वितरणमा मनपरी गरिएको आरोप पनि पार्टीले लगाएको छ ।

आजपाले सरकारको समग्र कार्यसम्पादनको मूल्याङ्कन गर्दै वर्तमान सरकारले सुशासन, सामाजिक न्याय, राष्ट्रिय हित, लोकतान्त्रिक अभ्यास र आर्थिक व्यवस्थापनका क्षेत्रमा जनअपेक्षाअनुसार परिणाम दिन नसकेको निष्कर्ष सार्वजनिक गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...