Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

वीरगंजमा दुईदिने पर्सा चेस च्याम्पियनसिप सुरु, करिब १०० खेलाडी प्रतिस्पर्धामा

spot_img
spot_img

वीरगञ्ज । युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने पर्सा चेस च्याम्पियनसिप शनिबारदेखि वीरगञ्जस्थित बीपीसी कलेजको सभाहलमा सुरु भएको छ। प्रतियोगितामा जिल्लाभरबाट करिब १०० जना खेलाडी सहभागी भएका छन्।

प्रतियोगिताको उद्घाटन पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीको प्रमुख आतिथ्य तथा युथलिङ्क वीरगञ्जका अध्यक्ष अभिषेक सरार्फको अध्यक्षतामा सम्पन्न भएको हो। अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए।

उद्घाटन समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, सञ्चारकर्मी अभिलाष गुप्ता र सन्तोष कुशवाहा, युथलिङ्क वीरगञ्जका उपाध्यक्ष रोशनकुमार सोनार, बीपीसी कलेजका निर्देशक डा. अर्बिन्द श्रेष्ठ, बासु कर्णलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर सौगात गिरी तथा प्रमुख निर्णायक (चिफ आर्बिटर) मिसन बास्कोटा रहेका छन्। प्रतियोगिता स्विस लिग प्रणालीअनुसार सात चरण (राउन्ड) मा सञ्चालन हुनेछ। पहिलो दिन चार राउन्ड तथा दोस्रो दिन तीन राउन्डका खेल सम्पन्न भएपछि विजेताको टुंगो लाग्ने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य पर्सा जिल्लामा बुद्धीचाल खेलको विकास गर्नु, नयाँ प्रतिभाको पहिचान गर्नु तथा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउनु हो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा वक्ताहरूले बुद्धीचाल खेलले विद्यार्थी तथा युवामा तार्किक सोच, निर्णय क्षमता, धैर्यता र एकाग्रता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले जिल्लामा खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

सुनसरी । नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ ।...

वीरगञ्जमा १० लाख बढीका भन्सार छलीका सामान बरामद

वीरगञ्ज । प्रहरीले वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका १० लाख ६ हजार ७६० रुपैयाँ बराबरका मोबाइल, शृङ्गारका सामान तथा स्याउ बरामद गरेको...

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...