Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

सुधीर पटेलको पक्षमा वीरगंजमा युवा भेला, चुनावी अभियान तीव्र बनाउने घोषणा

spot_img
spot_img

वीरगंज । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एक समुहले वीरगंज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा युवा भेला आयोजना गरेको छ ।

शनिबार वीरगंजकाे आदर्शनगरस्थित त्रिशला होटलमा रन्दीप श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भेलामा महानगरका विभिन्न वडाबाट करिब २२० जना युवा अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

भेलामा जेन जि आन्दोलनका सिद्धान्त र उद्देश्यबारे चर्चा गर्दै सहभागीहरूले आगामी स्थानीय निर्वाचनमा सुधीर पटेललाई मेयर पदमा विजयी गराउन युवाहरू एकजुट भएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जेन जि पर्साका मुख्य सल्लाहकार बिरेन्द्र कण्ठले वीरगंजकाे नेतृत्व परिवर्तनका लागि घरदैलो तहसम्म अभियान सञ्चालन गरी सुधीर पटेलको पक्षमा जनमत निर्माण गर्न आग्रह गरे ।

विभिन्न वडाबाट सहभागी प्रतिनिधिहरूले पनि वीरगंजमा नयाँ नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा परिवर्तनको पक्षमा मत दिनुपर्ने धारणा राखेका थिए । उनीहरूले अवसरवादी राजनीति अन्त्य गर्दै जनउत्तरदायी नेतृत्वलाई स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका उद्घोषक महादेव प्रसाद कुर्मीले जेन जि आन्दोलनपछि देशमा परिवर्तनको वातावरण बनेको उल्लेख गर्दै स्थानीय तह निर्वाचनमा पनि परिवर्तनको लहर कायम रहने विश्वास व्यक्त गरे । उनले वीरगंजको विकास र सुशासनका लागि मतदाताले नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे ।

भेलामा रास्वपाका नेता राम आर्य, महमुद अन्सारी, नितेश योगी, मुकेश राउत कुर्मी, सुरेश गुप्ता, सागिर अन्सारी, अमर सराफ, अमित पटेल, विक्की सराफ, एमडी ओसामालगायतले मन्तव्य व्यक्त गर्दै सुधीर पटेलको पक्षमा समर्थन जनाएका थिए । कार्यक्रमको समापन अध्यक्ष रन्दीप श्रीवास्तवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...