Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

पर्सागढीको रघुनाथपुरमा विद्यार्थीलाई जीवन बचाउने सीप सिकाइयो

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क एकदिने प्राथमिक उपचार तथा सिपिआर (CPR) तालिम सम्पन्न भएको छ । रघुनाथपुरस्थित सामुदायिक भवनमा आयोजित तालिममा कक्षा १०, ११, १२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा चिकित्सक डा. चन्द्रभूषण सिंहले आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचार, सिपिआरको सही विधि तथा जीवनरक्षक उपायबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो । उहाँले समयमै सही प्राथमिक उपचार गर्न सके धेरैको ज्यान बचाउन सकिने भएकाले यस्ता सीप सबै नागरिकका लागि आवश्यक रहेको बताउनुभयो ।

तालिममा अचानक हृदयघात वा श्वासप्रश्वास बन्द भएको अवस्थामा गरिने सिपिआरको अभ्यास, सर्पदंशपछि अपनाउनुपर्ने प्राथमिक उपचार तथा त्यससम्बन्धी भ्रमहरूको निराकरणका विषयमा जानकारी दिइएको थियो । साथै नेपाल सरकारद्वारा सञ्चालनमा रहेका सामाजिक सुरक्षा कोष, मातृसुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमलगायत स्वास्थ्य सेवाबारे पनि विद्यार्थीहरूलाई सचेत गराइएको थियो ।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सामाजिक अभियन्ता बुद्धिराज पौडेल, कविराज अर्याल, जोखु मियाँ, विकेश राय थारु र शत्रुधन चौधरीलगायतको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता तालिमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास हुनुका साथै विपद् तथा आपत्कालीन अवस्थामा तत्काल सहयोग गर्न सक्ने क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार यस्ता प्राविधिक तथा व्यावहारिक तालिमले युवाहरूमा आत्मविश्वास बढाउनुका साथै दुर्घटना वा स्वास्थ्य आपत्कालीन अवस्थाहरूमा जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

तालिममा सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई उपयोगी र प्रभावकारी रहेको भन्दै आगामी दिनमा पनि यस्ता जीवनोपयोगी तालिमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...