Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

ग्रीनसिटी सामुदायिक प्रहरीद्वारा ट्राफिक प्रमुख श्रेष्ठसँग परिचयात्मक कार्यक्रम

ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र नागरिक–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल

spot_img
spot_img

वीरगंज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर वीरगञ्जको आयोजनामा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका नयाँ प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेताको अध्यक्षतामा आयोजित कार्यक्रममा हालै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक श्रेष्ठलाई स्वागत गर्दै परिचय गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रुगटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार सुरेश रुंगटा रहेका थिए । कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा सहभागीहरूले ट्राफिक अनुशासन कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । साथै, सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जयप्रकाश खेताले समुदाय र प्रहरीबीचको समन्वयले सुरक्षित, व्यवस्थित र अनुशासित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि सामुदायिक साझेदारीलाई बलियो बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

नवनियुक्त ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थानीय समुदाय, विभिन्न संघसंस्था र नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सदस्य, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...