Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

एल.एस. न्युरो अस्पतालमा १७ महिला सहित ५७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । एल.एस. न्युरो एण्ड जनरल अस्पतालले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना गरेको स्वेच्छिक रक्तदान कार्यक्रममा १७ महिलासहित कुल ५७ जनाले रक्तदान गरेका छन् ।

अस्पतालका निर्देशक डा. अर्जुन पटेलले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै निर्देशक डा. पटेलले रक्तदान भन्दा ठूलाे दान कुनै दान नभएकाे वताए । उनले एक व्यक्तिकाे रक्तदानले कसैकाे जिवन बाच्न सक्ने भएकाेले मानविय नेताले याे ठूलाे दान भएकाे वताए ।

अस्पताल व्यवस्थापनले रगत अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

रक्तदान कार्यक्रममा सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो मानवीय कार्यको संज्ञा दिँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए ।

अस्पतालका अनुसार संकलित रगत आकस्मिक शल्यक्रिया, दुर्घटनामा घाइते भएका बिरामी, सुत्केरी महिला, थालासेमिया, क्यान्सर तथा अन्य जटिल रोगका बिरामीहरूको उपचारमा उपयोग गरिनेछ । स्वेच्छिक रक्तदानको संस्कृतिलाई समाजमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास पनि अस्पतालले व्यक्त गरेको छ ।

कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोली, अस्पतालका चिकित्सक, नर्स, कर्मचारी तथा स्वयंसेवकहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए । रक्तदान गर्ने सबैलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

अस्पताल प्रशासनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

सन् २०१७ देखि सञ्चालनमा रहेको एल.एस. न्युरो एण्ड जनरल अस्पतालले उपचार सेवासँगै स्वास्थ्य सचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...