Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

कुटपिट मुद्दामा पक्राउ परेका पूर्व गापा अध्यक्ष चौरसिया जरिवाना बुझाएर रिहा

spot_img
spot_img

वीरगंज । कुटपिट मुद्दामा अदालतले तोकेको जरिवाना नतिरेपछि पक्राउ परेका पर्साको पकहाँ मैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजय चौरसिया जरिवाना बुझाएर रिहा भएका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरले चौरसियालाई शुक्रबार बिहान पर्सा जिल्ला अदालत नजिकबाट नियन्त्रणमा लिएको थियो । कुटपिट मुद्दामा उच्च अदालतले तोकेको जरिवाना रकम लामो समयसम्म नतिरेका कारण अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।

उनका अनुसार चौरसियाविरुद्ध कुटपिट मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । अदालतको आदेशअनुसार जरिवाना नतिरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

पछि चौरसियाका परिवारजनले अदालतमा १० हजार रुपैयाँ जरिवाना रकम बुझाएपछि उनलाई रिहा गरिएको प्रहरी निरीक्षक मगरले बताए ।

प्रहरीका अनुसार अदालतका फैसला कार्यान्वयन गर्ने अभियानअन्तर्गत फरार प्रतिवादी तथा जरिवाना नतिरेकाहरूलाई पक्राउ गर्ने कार्य निरन्तर जारी रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...