Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

६ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रिया अघि बढ्यो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकामा विगत करिब ६ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रिया पुनः अघि बढाइएको छ । आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५ परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलपछि विपद् व्यवस्थापन शाखामा परेका निवेदनमाथि आवश्यक छानबिन गरी राहत वितरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिकाले जनाएको छ ।

कार्यवाहक प्रमुख आलमको निर्देशनपछि वडा नं. १४, १७, १९ र २६ लगायतका क्षेत्रमा प्राकृतिक विपद्का कारण भौतिक क्षति बेहोरेका वास्तविक पीडितहरूको पहिचान गरिएको थियो ।

पीडितहरूको निवेदन तथा क्षतिको अवस्थाका आधारमा प्रतिपरिवार ५ हजारदेखि २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय भएको छ । यससँगै लामो समयदेखि राहतको प्रतीक्षामा रहेका प्रभावित परिवारले राहत पाउने भएका छन् ।

विपद् व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको समन्वय र निर्देशनपछि प्रशासनिक प्रक्रिया तीव्र रूपमा अघि बढेको हो । उनका अनुसार केही दिनभित्रै राहत रकम सम्बन्धित पीडित परिवारलाई वितरण गरिनेछ ।

कार्यवाहक प्रमुख आलमले प्राकृतिक विपद्मा परेका नागरिकलाई महानगरले आगामी दिनमा पनि आवश्यक सहयोग र राहत उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...