Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

यातायातबाट पक्राउ परेका सेवाग्राही प्रजिअ दाहालकाे आदेशमा रिहा

spot_img
spot_img

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजबाट पक्राउ परेका सेवाग्राही रामकुमार महतो अभद्र व्यवहार सम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार महतोलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

वीरगंज महानगरपालिका–१२ निवासी २४ वर्षीय महतोलाई प्रमुख जिल्ला अधिकारी भोला दाहालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले महतो धरौटी बुझाएर रिहा भएको पुष्टि गरे । उनले धरौटी रकम खुलाउन नमाने पनि प्रशासन स्रोतका अनुसार महतोलाई ५ हजार रुपैयाँ धरौटी तोकिएको थियो ।

महतोलाई गत मंगलबार मोटरसाइकल नामसारी गराउन यातायात व्यवस्था कार्यालय वीरगंज पुगेका बेला वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको भोलिपल्ट उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।

यातायात कार्यालय स्रोतका अनुसार महतोले आफूले खरिद गरेको गोपाल बस्नेतको नाममा रहेको मोटरसाइकल आफ्नो नाममा नामसारी गरिदिन आग्रह गरेका थिए । उनले नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा नागरिक एपमा रहेका कागजातसमेत प्रस्तुत गर्दै प्रक्रिया अघि बढाइदिन अनुरोध गरेका थिए । तर फाँट प्रमुख प्रेम कार्कीले आवश्यक कागजात नपुगेको भन्दै नामसारी गर्न अस्वीकार गरेपछि विवाद उत्पन्न भएको बताइएको छ ।

स्रोतका अनुसार नामसारीका लागि महतोले जोड दिएपछि फाँट प्रमुख कार्कीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुर लगिएको थियो । प्रारम्भमा सहमतिमार्फत विवाद समाधान गर्ने प्रयास भए पनि सहमति हुन नसकेपछि बुधबार महतोविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ ।

घटनाबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रहरीले तीव्र रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउँदै बिहीबार मुद्दाको फाइल जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरेको थियो । सोही दिन प्रमुख जिल्ला अधिकारीको इजलासले महतोलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...