Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

देशका युवा लागूऔषधको दलदलमा, सरकार अझै निद्रामै : सांसद पुरुषोत्तम यादव

spot_img
spot_img

काठमाडौं । प्रतिनिधिसभा सदस्य (सांसद) पुरुषोत्तम यादवले देशमा बढ्दो लागूऔषध दुर्व्यसन र तस्करीप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै तत्काल कडा राष्ट्रिय कार्ययोजना ल्याउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले देशका युवा लागूऔषधको दलदलमा फस्दै गएको अवस्थामा पनि सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाए । उनले सरकारलाई तत्काल ठोस रणनीतिसहित लागूऔषध नियन्त्रण अभियान अघि बढाउन आग्रह गरे ।

सांसद यादवले पछिल्लो १५ दिनमा सिरहा जिल्लामा मात्रै लागूऔषध सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको, १२ जना पक्राउ परेको तथा करिब ४१ किलो गाँजा र १०९ ग्राम खैरो हेरोइन बरामद भएको तथ्य प्रस्तुत गर्दै यसले देशभरको अवस्था झन् भयावह रहेको संकेत गर्ने बताए ।

उनले यस विषयलाई राज्य व्यवस्था तथा सुशासन समितिदेखि सञ्चारमाध्यमसम्म पटक–पटक उठाउँदै आएको उल्लेख गर्दै सरकारले अझैसम्म स्पष्ट कार्ययोजना र युवालाई लागूऔषधको कुलतबाट बचाउने दृढ इच्छाशक्ति देखाउन नसकेको टिप्पणी गरे ।

सांसद यादवले लागूऔषध नियन्त्रणको सफलता पक्राउको सङ्ख्याले नभई कुलतमा फस्ने युवाको सङ्ख्या घटेको आधारमा मूल्याङ्कन हुनुपर्ने धारणा राखे । उनले लागूऔषध तस्करीमा संलग्नमाथि निर्मम कारबाही गर्न तथा प्रभावकारी राष्ट्रिय कार्ययोजना तत्काल लागू गर्न सरकारसँग जोडदार माग गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...