Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

अस्ट्रेलियामा मृत्यु भएका युवकको शव नेपाल ल्याउन सांसद कानुकाे माग

spot_img
spot_img

वीरगञ्ज । वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया गएका पर्साका एक युवकको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउन नसकिएको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।

पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पर्सागढी नगरपालिका–७, बागेश्वरी निवासी २९ वर्षीय राकेश पटेलको अस्ट्रेलियामा मृत्यु भएको जानकारी गराएका हुन् ।

सांसद कानुका अनुसार रोजगारीका लागि अस्ट्रेलिया पुगेका पटेलको करिब तीन महिनाअघि अस्ट्रेलियाकाे तामसेलियामा मृत्यु भएको हाे । तर मृत्यु भएको यति लामो समय बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउने नसकिएकाे उनले बताए ।

उनले राकेश पटेलको मृत्यु सम्बन्धी विवरण वैशाख २३ गते नै परराष्ट्र मन्त्रालयमा दर्ता गरिएको भए पनि हालसम्म शव स्वदेश ल्याउन नसकिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद कानुले दिवंगत पटेलको पार्थिव शरीरलाई सुरक्षित, सम्मानजनक र यथाशीघ्र नेपाल ल्याउन आवश्यक कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरे । साथै, विदेशमा रहेका नेपाली नागरिकको जीवन सुरक्षा, अधिकार र आकस्मिक अवस्थामा उद्धार तथा व्यवस्थापनका विषयमा सरकार थप संवेदनशील र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले दिवंगत राकेश पटेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...