वीरगंज । प्रहरी चौकी बढनियारको हिरासतबाट आइतबार राति थुनुवा फरार भएपछि ड्युटीमा रहेका प्रहरी हवल्दारसँग स्पष्टिकरण मागिएको छ। प्रहरी चौकीको हिरासतबाट फरार भएको थुनुवा २४ घण्टाभित्र सोमबार बिहान हाजिर भएपछि प्रहरी हवल्दार रामनिवास यादवसँग स्पष्टिकरण मागिएको पर्सा प्रहरीले जनाएको छ।
ड्युटीमा रहेका प्रहरी हवल्दार यादवको कमजोरीका कारण थुनुवा राति नै फरार भएपछि स्पष्टिकरण मागीएको पर्साका प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिए। उनका अनुसार ड्युटीमा रहेका प्रहरी हवल्दारसँग थुनुवा के कारणले रातिको समयमा फरार भएको भन्ने बारेमा सोधपुछ गर्न स्पष्टिकरण मागीएको हाे।
उनीबाट स्पष्टिकरण आएको खण्डमा त्यही अनुसारको विभागीय कारवाही हुने प्रहरी नायब उपरिक्षक कार्कीले बताए ।पर्साको पर्सागढी नगरपालिका– ४, पर्शुरामपुर निवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान आईतबार फरार भएर भोलिपल्ट आफैँ वन कार्यालयमा हाजिर भएका थिए ।
स्रोतका अनुसार काठ तस्करीको आरोपमा पक्राउ परेका उनी गत आइतबार राति ७–८ बजे खाना खाने समयमा हत्कडीसहित फरार भएका थिए । सो रात घरमै बसेर भोलिपल्ट आफैँ वन कार्यालयमा हाजिर भएका हुन् । प्रहरी स्रोतका अनुसार थुनुवा फरार भएकै समयदेखि प्रहरीले खोजी कार्यलाई तीव्रता दिएपछि परिवारका सदस्यले उनलाई हाजिर गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असार १४ मा पक्राउ परेका उनीविरुद्ध सब–डिभिजन वन कार्यालय सबैयामा तीनवटा मुद्दा दर्ता रहेको देखिएपछि नियन्त्रणमा लिइएको थियो । साभार : नयाँ पत्रिका









Finding a reliable login portal can be such a hassle but this one just works seamlessly every single time. The customer support is quick to respond and they keep their game library fresh. I feel right at home here whenever I take a break from work. Do give it a shot if you want a smooth experience. jeetcitycasinologin