Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

राष्ट्रपतिले पदीय गरिमा जोगाउन सकेनन्, राजीनामा दिनुपर्छ : प्रभु साह

spot_img
spot_img

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान, राष्ट्रियता र आफ्नो पदीय गरिमा जोगाउन नसकेको आरोप लगाउँदै तत्काल राजीनामा दिन आग्रह गरेका छन्।

बिहीबार आजपा सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले राष्ट्रपति पौडेल वर्तमान सरकारको “रबरस्ट्याम्प” बनेको आरोप लगाउँदै संविधानको संरक्षकको भूमिकामा असफल भएको दाबी गरे। उनले राष्ट्रपति अब राष्ट्रियता र संविधानको रक्षा गर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे।

साहले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरी विदेशी नागरिकलाई सरकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने बाटो खुलाएको तथा विदेशीलाई वंशजको नागरिकता दिने व्यवस्था राष्ट्रिय हितविपरीत भएको आरोप लगाए। उनले नेपाली पूँजी विदेश लैजान सहज हुने व्यवस्था गरिएको भन्दै यसमा राष्ट्रपतिले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्न नसकेको दाबी गरे।

उनले जेन–जी आन्दोलनका क्रममा उत्पन्न राजनीतिक परिस्थितिमा पनि राष्ट्रपतिले उचित भूमिका खेल्न नसकेको आरोप लगाउँदै भने, “अब तपाईंले पदबाट राजीनामा दिँदा नै देश र जनताको भलो हुन्छ।”

साहले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएको विषय, संसद्को अधिवेशन स्थगित गरी अध्यादेश ल्याइएको प्रक्रिया तथा विधिसम्मत नियुक्ति भएकालाई हटाउने सरकारी कदममा पनि राष्ट्रपतिले मौन समर्थन गरेको आरोप लगाए।

यस्तै, दरबार हत्याकाण्डको छानबिन गर्ने सरकारको निर्णय उल्लेख गर्दै त्यसबेला गृहमन्त्रीको जिम्मेवारीमा रहेका कारण नैतिक आधारमा पनि राष्ट्रपति पौडेलले पदबाट अलग हुनुपर्ने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले असार ११ गते वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेपछि त्यसको विरोध गर्दै अध्यक्ष साहले राष्ट्रपतिले आफ्नो शपथअनुसारको दायित्व पूरा गर्न नसकेको आरोप लगाएका हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ...

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४...

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड...