Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

डीआईजी अधिकारीद्वारा जिल्ला प्रहरी पर्सा र प्रदेश प्रहरी कार्यालय वीरगंजकाे अनुगमन

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले पर्सास्थित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजको अनुगम तथा निरीक्षण गरेका छन् ।

बुधबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका डीआईजी अधिकारीले कार्यालय परिसर, विभिन्न शाखा तथा अन्य संरचनाको निरीक्षण एवं अनुगमन गरेका थिए । त्यसपछि उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा मातहतका विभिन्न युनिटका इन्चार्जहरूलाई अनुशासन, प्रहरी आचरण र व्यवहार, नागरिक सर्वोच्चता, सुशासन तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा आवश्यक निर्देशन दिएका थिए ।

निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायब उपरीक्षक राजु कार्की, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेललगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुकाे उपस्थिति रहेको थियो ।

यसअघि बुधबार बिहान ७ः३० बजे डीआईजी अधिकारीले नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजकाे पनि निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले कोतगारद, विभिन्न शाखा, मेस, क्यान्टिन, लाइन ब्यारेक तथा समग्र कार्यालयको अवस्थाबारे अवलोकन गरेका थिए ।

सो अवसरमा डीआईजी अधिकारीले कार्यालयको कार्यसम्पादन, अनुशासन, सरसफाइ, व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझाव तथा निर्देशन दिएका थिए । साथै उनले प्रहरी अधिकृत तथा जवानहरूलाई कर्तव्यनिष्ठ, अनुशासित, व्यावसायिक र नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित भएर काम गर्न प्रेरित गरेका थिए ।

प्रदेश प्रहरी कार्यालय वीरगंजमा आयोजित निरीक्षण कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, प्रहरी निरीक्षक रञ्जन मिश्रलगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुकाे उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको चिल्ड्रेन पार्कभित्र सञ्चालित होटलमा महानगरको छापा, हुक्का र सुर्तीजन्य पदार्थ बरामद

वीरगंज । वीरगंज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित एक होटलमा आकस्मिक अनुगमन गरी ठूलो परिमाणमा अवैध हुक्का तथा...

आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । पर्सा प्रहरीले आँप बिक्री गर्ने बहानामा लागुऔषध ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

बालेन सरकारलाई अर्को झट्का, मौलापुरमा विजुली-पानीको भुक्तानी नरोक्न अन्तरिम आदेश

वीरगञ्ज । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकामा स्थानीयवासीलाई उपलब्ध गराइँदै आएको बिजुली र खानेपानीको महसुल सुविधा तत्काल निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको छ...