Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजको चिल्ड्रेन पार्कभित्र सञ्चालित होटलमा महानगरको छापा, हुक्का र सुर्तीजन्य पदार्थ बरामद

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित एक होटलमा आकस्मिक अनुगमन गरी ठूलो परिमाणमा अवैध हुक्का तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको विशेष निर्देशनमा बुधबार वडा नं. ४ स्थित शङ्खधर साख्वा (चिल्ड्रेन) पार्कभित्र सञ्चालित दियास हस्पिटालिटी प्रालिमा महानगरको अनुगमन टोलीले छापा मारेको हो ।

कार्यवाहक प्रमुख आलमको अग्रसरतामा नगर प्रहरी, महानगरको अनुगमन टोली तथा स्थानीय साक्षीहरूको रोहवरमा होटलको स्टोरमा खानतलासी गर्दा लुकाइराखिएको अवस्थामा ४६ प्याकेट सूर्य चुरोट, ७० प्याकेट शिखर चुरोट, ८ थान हुक्का स्ट्यान्ड तथा विभिन्न फ्लेभरका १७ प्याकेट हुक्का तथा सुर्तीजन्य पदार्थ बरामद भएको महानगरपालिकाले जनाएको छ ।

बरामद गरिएका सबै सामग्री महानगरपालिकाले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

अनुगमनका क्रममा पार्कभित्रै हुक्का र सुर्तीजन्य पदार्थ भण्डारण तथा बिक्री–वितरण भइरहेको भेटिएपछि कार्यवाहक प्रमुख इम्तियाज आलमले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले बालबालिकाको मनोरञ्जन र स्वास्थ्यलाई केन्द्रमा राखेर निर्माण गरिएको सार्वजनिक पार्कभित्र यस्ता प्रतिबन्धित तथा हानिकारक पदार्थको कारोबार हुनु अत्यन्त निन्दनीय रहेको बताए । बालबालिकाको स्वास्थ्य र भविष्यसँग खेलबाड गर्ने व्यक्ति वा व्यवसायलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि उनले दिए ।

महानगरपालिकाका अनुसार सम्बन्धित व्यवसायको दर्ता तथा नवीकरण प्रक्रिया भने नियमित रहेको पाइए पनि सार्वजनिक पार्क क्षेत्रमा प्रतिबन्धित हुक्का तथा सुर्तीजन्य पदार्थ भण्डारण र बिक्री–वितरण गरेको भेटिएकाले कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।

वीरगंज महानगरपालिकाले आगामी दिनमा पार्क, विद्यालय तथा अन्य सार्वजनिक स्थल वरपर हुने यस्ता गैरकानुनी गतिविधिमाथि निगरानी थप कडा बनाइने र बजार अनुगमनलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...