Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक वीरगंजबाट पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले आँप बिक्री गर्ने बहानामा लागुऔषध ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार साँझ करिब ६ बजे वीरगंज महानगरपालिका–९ स्थित भुतबंगला नजिक सडकको पश्चिम पेटीमा साइकलमा आँप बिक्री गरिरहेका व्यक्तिले लागुऔषधसमेत बेचिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले निगरानी गरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, गोपालपुर थाना, ग्राम पञ्चायत घोघा वडा नं. २ घर भएका हाल वीरगंज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका ३० वर्षीय गुड्डु आलम रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जानकारी दिए ।

प्रहरीले कानुनबमोजिम खानतलासी गर्दा साइकलको पछाडिको चक्कानजिक झुन्ड्याइएको प्लास्टिकको बोराभित्र कालो प्लास्टिकले बेरेर सेतो प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला पारेको उनले वताए ।

बरामद लागुऔषधको कुल तौल प्लास्टिकसहित ३० ग्राम ७१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये कालो प्लास्टिकबाहेक सेतो प्लास्टिकमा टाँसिएको ब्राउन सुगरको तौल २७ ग्राम २९० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका गुड्डु आलमलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...