Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

जगरनाथपुरमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न, अध्यक्ष यादव आफैँ खेतमा उत्रिए

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ विविध कार्यक्रमका साथ मनाएको छ । गाउँपालिकाको वडा नं. ४ हरपुरस्थित एक कृषकको खेतमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र किसानहरू सहभागी भई सामूहिक रूपमा धान रोपाइँ गरेका थिए ।

“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव स्वयं खेतमा उत्रिएर किसानहरूसँगै धान रोप्दै कृषि पेशाप्रति सम्मान व्यक्त गरेका थिए ।

सो अवसरमा अध्यक्ष यादवले आफू किसानको छोरा भएकाले किसानको पीडा, पसिना र परिश्रमलाई नजिकबाट बुझेको बताए । कृषि नेपाली जीवन, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै उनले खेतमा पसिना बगाउने किसानको सम्मान गर्नु भनेको राष्ट्रको भविष्य सुरक्षित गर्नु भएको धारणा राखे ।

उनले किसानको हक, हित र समृद्धिका लागि जगरनाथपुर गाउँपालिका सधैँ प्रतिबद्ध रहने बताउँदै आधुनिक कृषि प्रविधिको विस्तार, सिँचाइ सुविधा, गुणस्तरीय मल–बीउको सहज उपलब्धता तथा उत्पादनको उचित बजारीकरणमार्फत कृषि क्षेत्रलाई थप सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे ।

“किसानको मुस्कान नै हाम्रो सफलताको मापन हो,” अध्यक्ष यादवले भने, “कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर जगरनाथपुर र समृद्ध नेपाल निर्माणका लागि सबैले मिलेर काम गर्न आवश्यक छ ।”

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बविता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडा नं. ४ का अध्यक्ष नेपाली कुशवाहालगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँ महोत्सवले कृषि पेशाप्रति सम्मान अभिवृद्धि गर्नुका साथै आधुनिक र जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्ने सन्देश दिएको गाउँपालिकाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...