Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

spot_img
spot_img

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ ।

मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको समन्वयमा सिमरास्थित होटल क्लासिक प्लाजामा तालिम सम्पन्न भएकाे हो ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडकाको सभापतित्व तथा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, फोनिजका केन्द्रीय अध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा तथा फोनिजका महासचिव समिर बलामीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले आदिवासी जनजाति पत्रकारहरूको क्षमता विकास, व्यावसायिक दक्षता अभिवृद्धि तथा सञ्चार क्षेत्रमा उनीहरूको सक्रिय सहभागिता सुदृढ बनाउन यस्ता तालिम प्रभावकारी हुने धारणा राखेका थिए ।

तालिममा फोनिजका केन्द्रीय अध्यक्ष लक्की चौधरी र अमरध्वज लामाले समाचार लेखन, पत्रकारिताको व्यावसायिक आचारसंहिता, सञ्चार सीप तथा आदिवासी जनजाति समुदायसँग सम्बन्धित मुद्दाहरूको प्रभावकारी सञ्चारका विषयमा सहजीकरण गरेका थिए ।

 आयोजकका अनुसार कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आदिवासी जनजाति सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियाे । तालिमले सहभागी पत्रकारहरूको ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...