Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

लिटल बडी प्रि स्कुलमा ग्राजुएसन सेरेमोनी सम्पन्न

युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीलाई विशेष सम्मान, शैक्षिक गुणस्तरका लागि विद्यालयको प्रशंसा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटल बडी प्रि स्कुलमा युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूको सम्मानमा भव्य ग्राजुएसन सेरेमोनी सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल विजय बलको अध्यक्षता तथा डा. प्रिति यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक यात्राको पहिलो महत्वपूर्ण उपलब्धिलाई उत्सवका रूपमा मनाइएको थियो । विशेष पोशाकमा सजिएका नानीबाबुहरूले प्रमाणपत्र ग्रहण गर्दै आफ्नो खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा लिटल बडी प्रि स्कुलले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा बालमैत्री सिकाइ पद्धतिमार्फत वीरगंजमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल भएको बताएका थिए ।

वक्ताहरूले बालबालिकाको आधारभूत शिक्षालाई मजबुत बनाउन यस्ता विद्यालयहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयले शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, वीरगंज युवा समाजका पूर्वअध्यक्ष कमल चौगाईलगायत शिक्षा, सामाजिक तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । गीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमले अभिभावक र अतिथिहरूलाई आकर्षित गरेको थियो । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धिमा समेत विशेष ध्यान दिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ३९ किलोभन्दा बढी गाँजा बरामद, ३ मोटरसाइकलसहित एक जना पक्राउ

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ३९ किलोभन्दा बढी गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३...

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...