Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

द्रुत सिकाइ कार्यक्रममार्फत ५५ किशोरी पुनः विद्यालय भर्ना, विद्यालय बाहिर रहेकालाई जीविकोपार्जनमा जोड्ने पहल

spot_img
spot_img

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त अनुगमन गरिएको छ ।

आसमान नेपालले पर्सागढी नगरपालिका वडा नं. २ र ४ मा विद्यालय बाहिर रहेका ९ देखि १८ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी द्रुत सिकाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत आठ महिनाको अवधिमा ६७ जना किशोरीलाई अध्ययन गराइएको र तीमध्ये ५५ जनालाई पुनः विद्यालय भर्ना गराउन सफल भएको जानकारी दिइएको छ ।

अनुगमनका क्रममा पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु शाहले विद्यालयमा भर्ना हुन नसकेका केही किशोरीहरूको उमेर बढी भएकाले उनीहरू औपचारिक शिक्षाभन्दा व्यवसाय सञ्चालनतर्फ आकर्षित भएको बताए । यस्ता किशोरीलाई उनीहरूको आवश्यकता र रुचिअनुसार जीविकोपार्जनमूलक व्यवसाय सञ्चालनमा सहयोग गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

उनले विद्यालय जाने किशोरीहरूको नियमित उपस्थितिमा अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अभिभावकलाई थप सचेत र जिम्मेवार बनाइने बताए । सहयोगी संस्थाले निश्चित अवधिसम्म मात्र कार्यक्रम सञ्चालन गर्ने भए पनि कार्यक्रमबाट प्राप्त उपलब्धिको निरन्तरता र किशोरीहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय तहले लिने उनको भनाइ थियो ।

अनुगमन टोलीमा वडा नं. २ का अध्यक्ष वीरेन्द्र प्रसाद थारु, वडा नं. ४ का अध्यक्ष सेख खुर्सेद, स्वास्थ्य शाखाका प्रतिनिधि अमरुदिन मियाँ, पशु शाखा प्रमुख पुष्पेन्द्र साह, संजय पन्जियार, आसमान नेपालका अध्यक्ष राम प्रवेश यादव, कोषाध्यक्ष रेखा यादव, कार्यक्रम व्यवस्थापक अजय कुमार यादव, कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसिया तथा प्रधानाध्यापकहरू योगेन्द्र चौधरी, कृष्ण श्रेष्ठ र विनोद चौधरीलगायतको सहभागिता रहेको थियो ।

आसमान नेपालले हाल पर्साको ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा समेत करिब २७९ किशोरी तथा उनीहरूका अभिभावकसँग प्रत्यक्ष रूपमा शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...