Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

जीएचपीले ४ जीपीए ल्याउने ६ विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो

spot_img
spot_img

वीरगंज । जीएचपी माध्यमिक विद्यालय, वीरगंजले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेकाे छ । विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि ४.० जीपीए प्राप्त गर्ने ६ जना विद्यार्थीलाई ल्यापटप, प्रशंसापत्र तथा खादा ओढाएर सम्मान गरिएको हाे ।

सम्मानित हुने विद्यार्थीहरूमा मेहविश हुमायूँ, प्रथम पटेल, सिद्धान्त गुप्ता, आकृति राय, बुद्धिप्रिया पाण्डेय र अलिना जैसवाल रहेका छन् । विद्यालयले उनीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै ल्यापटप प्रदान गरेको हो ।

त्यसैगरी, एसईई परीक्षामा उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विषयगत शिक्षक तथा शिक्षिकाहरूलाई समेत नगद पुरस्कार, सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

विद्यालयकी प्रधानाध्यापक रमीन्द्र कौरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने प्रमुख अतिथि तथा मानव सेवा आश्रमका संस्थापक एवं समाजसेवी देवेश मानव विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

प्रमुख अतिथि आनन्द लामिछानेले विद्यालयले उत्कृष्ट विद्यार्थीहरूको सम्मान गरेर शिक्षा क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप मेहनत गर्न र उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उल्लेख गरे ।

विशिष्ट अतिथि देवेश मानवले शिक्षा नै व्यक्तित्व निर्माण र समाज रूपान्तरणको आधार भएको बताउँदै सफल विद्यार्थीहरूलाई बधाई दिएका थिए । उनले अनुशासन, परिश्रम र मानवताको भावनासहित जीवनमा अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ का डिस्ट्रिक्ट गभर्नर रामविहारी पाण्डे, समाजसेवी नुतन पोखरेल सरावगी, समाजसेविका तथा लायन्स क्लब सेन्ट्रल सिटी क्याबिनेट अफिसर गुडी जोशी, विद्यालयका निर्देशक शिव गुप्ता, सामाजिक कार्यकर्ता दिलीपराज कार्की, गुरुद्वारा सत्संगका उपाध्यक्ष अजित पाल सिंह, सामाजिक कार्यकर्ता पवनदीप कौर, यात्राडेलीका निर्देशक राम सराफ तथा क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले विद्यालयले विद्यार्थी र शिक्षक दुवैको सम्मान गरेर शिक्षाप्रति सम्मानको संस्कार विकास गरेको उल्लेख गर्दै यस कार्यको प्रशंसा गरे । उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अझ बढी मेहनत गर्न तथा उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालयका फाउन्डर जगप्रित सिंहको विशेष पहल तथा व्यवस्थापनमा सम्पन्न कार्यक्रम अत्यन्त व्यवस्थित, भव्य र प्रेरणादायी बनेको सहभागीहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...