Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

सगरमाथा एकेडेमीमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा खेलकुद संयोजक चयनका लागि निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यालयमा लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले आयोजित निर्वाचनमा विभिन्न हाउसका विद्यार्थीहरूले उम्मेदवारी दिएका थिए । हरियो, पहेँलो, निलो र रातो हाउसका प्रतिनिधिहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा गराइएकाे विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल जियालाल गुप्ताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा लोकतान्त्रिक मूल्य–मान्यताको विकास गराउन निर्वाचन प्रक्रिया अपनाइएको बताए । उनका अनुसार विद्यालयस्तरमै निर्वाचनको अभ्यास गराउँदा विद्यार्थीहरूले मतदानको महत्व, मत सदर तथा बदर हुने प्रक्रिया र लोकतान्त्रिक प्रणालीबारे व्यवहारिक ज्ञान हासिल गर्ने अवसर पाउँछन् ।

उनले १८ वर्षको उमेरपछि हुने वास्तविक निर्वाचनमा विद्यार्थीहरू सचेत र जिम्मेवार मतदाताका रूपमा सहभागी हुन सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

निर्वाचनमार्फत चयन हुने हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा अन्य विद्यार्थी नेताहरूले विद्यालयमा अनुशासन कायम गर्न, विद्यार्थीहरूको समस्या समाधानमा सहकार्य गर्न तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनेछन् ।

उम्मेदवार बनेका विद्यार्थीहरूले आफूहरूलाई नेतृत्व गर्ने अवसर प्राप्त भए विद्यालय र विद्यार्थीहरूको हितमा काम गर्दै आफ्नो क्षमता प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...