Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

साउथ जोन माविका १८२५ विद्यार्थी रु. १ लाख ३ हजार ५०० को बीमा सुरक्षामा

spot_img
spot_img

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय, वीरगंज–१३ राधेमाईले विद्यार्थीहरूको सुरक्षा तथा अभिभावकको आर्थिक जोखिम न्यूनीकरणका लागि दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । विद्यालयमा अध्ययनरत करिब १८२५ विद्यार्थीलाई लक्षित गर्दै उक्त सुविधा सुरु गरिएको हो ।

विद्यालयले नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा प्रत्येक विद्यार्थीका लागि रु. १ लाख बराबरको दुर्घटना बीमा तथा रु. ३ हजार ५०० बराबरको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ । यससँगै प्रत्येक विद्यार्थी रु. १ लाख ३ हजार ५०० बराबरको बीमा सुरक्षाको दायरामा आएका छन् ।

सहायक प्रधानाध्यापक अशोक संग्रौलाका अनुसार चालु शैक्षिक सत्रदेखि लागू गरिएको यो योजना विद्यार्थीलाई सुरक्षित शैक्षिक वातावरण प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । २४ घण्टा लागू हुने बीमा योजनाले विद्यालयभित्र मात्र नभई घर, बाटो, खेलकुद तथा अन्य दैनिक गतिविधिका क्रममा हुने दुर्घटनालाई समेत समेट्नेछ ।

बीमा सुविधाअन्तर्गत कुनै विद्यार्थी दुर्घटनामा परेमा उपचार खर्चबापत अभिभावकले वार्षिक अधिकतम रु. १ लाखसम्म दाबी गर्न सक्नेछन् । यस्तै विद्यालय आउजाउ गर्ने क्रममा, घरमा खेल्ने वा अन्य गतिविधिका बेला हुने दुर्घटनामा प्रति घटनामा अधिकतम रु. २५ हजारसम्म राहत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विद्यार्थी सामान्य बिरामी भएको अवस्थामा चिकित्सकीय परामर्श, ओपीडी टिकट तथा औषधोपचार खर्चबापत वार्षिक अधिकतम रु. ३ हजार ५०० सम्मको सुविधा उपलब्ध हुनेछ ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीले यस योजनाले अभिभावकको आर्थिक भार कम गर्नुका साथै विद्यार्थीलाई थप सुरक्षित र निश्चिन्त वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थी कल्याण र गुणस्तरीय शिक्षाप्रतिको विद्यालयको प्रतिबद्धताको रूपमा यस कार्यक्रमलाई अगाडि बढाइएको बताए ।

विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा कल्याणकारी कार्यक्रमहरू विस्तार गर्दै शिक्षासँगै सुरक्षालाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गर्ने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...