Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सासहित देशभरका पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई संकलित हस्ताक्षर बुझाइयो

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।

नेपाल पत्रकार महासंघले प्रेसको संवैधानिक हकको रक्षा, सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेजी, संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल तथा नागरिकको निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि देशव्यापी दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत देशभर जस्तै महासंघ पर्सा शाखाले पनि संकलन गरेको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री कार्यालयमा पठाएको हो ।

महासंघ पर्सा शाखाका सचिव विजय चौहानको नेतृत्वमा पत्रकारहरूको टोलीले हस्ताक्षरपत्र सहायक प्रमुख जिल्ला अधिकारीद्वय विनोदकुमार पोखरेल र कृष्ण थापालाई बुझाएको थियो । हस्ताक्षरपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले उक्त ज्ञापन तथा हस्ताक्षर आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने जानकारी दिए ।

हस्ताक्षर बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शंकर खतिवडा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विजय भण्डारी, प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्रा, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, क्रियाशील युवा पत्रकार मञ्च पर्साका अध्यक्ष आनन्द पटेललगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रमअन्तर्गत जेठ २७ र २९ गते बिहान ११ बजेदेखि १२ बजेसम्म देशभरका जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित जिल्ला शाखाको नेतृत्वमा धर्ना दिने कार्यक्रम रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...