Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नेपाल कावेरी एकेडेमीमा इन्भेस्टिचर सेरेमोनी सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कावेरी एकेडेमीमा शैक्षिक सत्रका लागि नवनिर्वाचित विद्यार्थी नेतृत्व टोलीको औपचारिक नियुक्ति तथा पदभार ग्रहण कार्यक्रम (इन्भेस्टिचर सेरेमोनी) भव्य रूपमा सम्पन्न भएको छ । नेतृत्व, जिम्मेवारी तथा सेवाभावको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयका मूल्य र आदर्शहरू अनुसरण गर्न प्रेरित गरेको विद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मानवसेवा आश्रमका संस्थापक देवेश गुप्ता रहेका थिए। उनले विद्यार्थीहरूलाई करुणा, इमानदारी तथा समर्पणभावका साथ नेतृत्व गर्न आग्रह गर्दै सकारात्मक कार्यमार्फत समाजसेवामा योगदान दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी, क्रिएटिभ स्किल्स प्रा.लि.का कार्यकारी निर्देशक राकेश साह तथा नेपाल कावेरी एकेडेमीका बोर्ड निर्देशक ओजस तुल्स्यान विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। उनीहरूले नेतृत्व क्षमता, टोलीगत कार्य तथा व्यक्तिगत विकासका विषयमा आफ्ना अनुभव र विचार साझा गरेका थिए ।

विद्यालयकी प्रबन्ध निर्देशक आयुषी तुल्स्यान ले नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारीहरूलाई बधाई दिँदै जिम्मेवार नेतृत्व र समर्पणमार्फत अन्य विद्यार्थीका लागि उदाहरणीय बन्न आग्रह गरिन् ।

समारोहमा विद्यार्थी नेताहरूलाई औपचारिक रूपमा ब्याज तथा स्यास प्रदान गरिएको थियो । यस अवसरमा आर्यन भण्डारी हेड ब्वाय तथा रुक्सार खातुन हेड गर्लमा नियुक्त भएका छन् । अन्य विद्यार्थी परिषद्का सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा पदाधिकारी विद्यार्थीहरूका अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसले विद्यालय परिवारमा उत्साह र गौरवको वातावरण सिर्जना गरेको थियो ।

समारोहको समापनसँगै नवनिर्वाचित विद्यार्थी नेतृत्व टोलीले विद्यालयको समग्र विकास तथा सफलताका लागि सकारात्मक योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको विद्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...