Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

बालबालिका सिकाइ अध्ययन केन्द्र छपकैयाको अध्यक्षमा चौहान

spot_img
spot_img

वीरगंज । महिला तथा बालबालिका सिकाइ अध्ययन केन्द्र, बजार छपकैया–१, वीरगंज, पर्साको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले चन्देश कुमार चौहानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

संस्थाको कार्यालयमा आयोजित साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी अनुमोदन गरिएको थियो । सहभागीहरूले महिला सशक्तीकरण, बालअधिकार संरक्षण तथा सामुदायिक शिक्षाको क्षेत्रमा संस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. १ का वडा सदस्य विपिन कुमार शाह, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, समाजसेवी विश्वनाथ शाहलगायत विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै संस्थाका कार्यसमिति पदाधिकारी, साधारण सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष चन्देश कुमार चौहानले संस्थाको उद्देश्य र अभियानलाई थप प्रभावकारी बनाउँदै महिला तथा बालबालिकाको क्षमता विकास, शिक्षा तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका अध्यक्ष इन्द्रजित श्रीवास्तवको अध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...