Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट मगर, युवा पत्रकारिता पुरस्कारबाट यादव सम्मानित

‘जनताको आवाज कमजोर पार्ने प्रयास भइरहेको छ’ : अध्यक्ष गिरी

spot_img
spot_img

वीरगंज । प्रेस सेन्टर नेपाल पर्सा शाखाद्वारा स्थापना गरिएको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार–२०८३’ बाट कारोबार दैनिकका वीरगञ्ज संवाददाता निरज पिठाकोटे मगर पुरस्कृत भएका छन् ।

त्यसैगरी, यस वर्षको ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०८३’ युवा पत्रकार बलिराम यादव लाई प्रदान गरिएको छ। पुरस्कृत दुवै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपाल का केन्द्रीय अध्यक्ष कमल गिरी, एकोराब का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायतले जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेका थिए।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले नेपाली पत्रकारिता अहिले राज्यसत्ताको कोपभाजनमा पर्ने गम्भीर जोखिममा रहेको बताएका छन्। जनताको आवाज मुखरित गर्ने र लोकतन्त्रको पहरेदारी गर्ने पत्रकारिता क्षेत्रलाई कमजोर बनाउन सरकारले विभिन्न स्रोत तथा माध्यममा नाकाबन्दी गर्ने प्रयास गरिरहेको आरोप उनले लगाए।

क्रान्तिकारी पत्रकार तथा सहिद कृष्णसेन इच्छुकको स्मरण गर्दै अध्यक्ष गिरीले गणतन्त्र र नागरिक अधिकारको पक्षमा निर्भीक आवाज उठाएकै कारण तत्कालीन राज्यसत्ताले इच्छुकको हत्या गरेको उल्लेख गरे । बदलिँदो परिस्थितिमा अझ निडर, व्यावसायिक र निष्पक्ष पत्रकारिताको आवश्यकता बढ्दै गएको उनको भनाइ थियो ।

देशभरका सञ्चारमाध्यमहरू आर्थिक सङ्कटबाट गुज्रिरहेको अवस्थामा तिनको संरक्षण र प्रवर्द्धनका लागि अनुकूल नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै श्रमजीवी पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पत्रकार संगठनहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

पुरस्कार वितरण समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्सा प्रहरी नायब उपरीक्षक मोहन राज निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विजय भण्डारी, पर्सा अध्यक्ष निरञ्जन मिश्र, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियार लगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको संंचालन प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...