Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

वीरगंजमा निर्माणाधीन घरको पर्खाल भत्किँदा च्यापिएर महिला मजदुरको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंजमा निर्माणाधीन घरको पर्खाल भत्किँदा च्यापिएर एक महिला मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–४ की ३२ वर्षीया सीतादेवी मुसहर रहेकी छन् ।

वीरगंज महानगरपालिका वडा नं. ६ मा ओम अग्रवालको नयाँ घर निर्माणको क्रममा बिहीबार दिउँसो निर्माणाधीन घरको टपसहित इँटाको पर्खाल अचानक भत्किएर खस्दा त्यही काम गरिरहेकी मुसहर गम्भीर घाइते भएकी थिइन् ।

घाइते अवस्थामै उनलाई तत्काल उद्धार गरी नारायणी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

घटनापछि प्रहरीले घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...