Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा निर्माणाधीन घरको पर्खाल भत्किँदा च्यापिएर महिला मजदुरको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंजमा निर्माणाधीन घरको पर्खाल भत्किँदा च्यापिएर एक महिला मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–४ की ३२ वर्षीया सीतादेवी मुसहर रहेकी छन् ।

वीरगंज महानगरपालिका वडा नं. ६ मा ओम अग्रवालको नयाँ घर निर्माणको क्रममा बिहीबार दिउँसो निर्माणाधीन घरको टपसहित इँटाको पर्खाल अचानक भत्किएर खस्दा त्यही काम गरिरहेकी मुसहर गम्भीर घाइते भएकी थिइन् ।

घाइते अवस्थामै उनलाई तत्काल उद्धार गरी नारायणी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

घटनापछि प्रहरीले घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...