Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

श्रीपुरमा अवैध देहव्यापार सञ्चालन गरेको आरोपमा ७ जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित कृषि औजार कारखाना पछाडिको झाझी टोलमा अवैध देहव्यापार (यौन धन्दा) सञ्चालन भइरहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको विशेष टोलीले स्थानीय वकिल मियाँको घरमा छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घरधनी वकिल मियाँ अन्सारीले लामो समयदेखि आफ्नै घरमा अवैध देहव्यापार सञ्चालन गराउँदै आएको सूचनाका आधारमा छापा मारिएको थियो ।

छापामारीका क्रममा घरधनी अन्सारी, एक जना पुरुष ग्राहक तथा पाँच जना महिलासहित ७ जनालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले अवैध देहव्यापारको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

उनका अनुसार पक्राउ परेकाहरूमाथि हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...