Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

गौतम स्कूलमा सशस्त्र प्रहरी बलको भूमिकाबारे सचेतनामूलक कार्यक्रम

spot_img
spot_img

वीरगंज । गौतम स्कूल वीरगंजमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति एसपी मोहन क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १३० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई समाज तथा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले निर्वाह गर्ने भूमिका, राजस्व संरक्षण, सीमा सुरक्षा तथा सामाजिक सुरक्षामा नागरिकको सहकार्यबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । साथै विद्यार्थीहरूलाई राष्ट्र सुरक्षा तथा सामाजिक उत्तरदायित्वप्रति सचेत बन्न आग्रह गरिएको थियो ।

उक्त कार्यक्रम एलाईड युथ सोसाइटीका अध्यक्ष पीयूष गुप्ता को अध्यक्षतामा तथा दिव्य ज्योतिको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरूले युवापुस्तामा सुरक्षा निकायप्रति सकारात्मक सोच र सहकार्यको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए ।

कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, गौतम स्कूलकी प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सिपेन्द्र गुप्तालगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

आयोजकहरूले समाजमा सुरक्षा, समन्वय तथा जनचेतना अभिवृद्धिका लागि आगामी दिनमा पनि सशस्त्र प्रहरी बलसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...