Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

गौतम माविद्वारा ‘सहिद कप’ विजेता महिला क्रिकेट खेलाडी सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयले मधेश प्रदेश क्रिकेट संघद्वारा आयोजित ‘सहिद कप मधेश महिला क्रिकेट लिग २०८३’ का विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । विद्यालयले एक कार्यक्रमका बिच खेलाडीहरूलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेको हो ।

विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा प्रिया लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनीष सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा विद्यालयका डाइरेक्टर सोनम लामा, प्रिन्सिपल गणेश क्षेत्री, रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, सिपेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्रिकेट संघका अध्यक्ष सिंहले महिला क्रिकेटको विकासका लागि यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणकै कारण मधेश प्रदेशमा महिला क्रिकेटले नयाँ उचाइ हासिल गरिरहेको उल्लेख गरे ।

उनले आगामी दिनमा पनि खेलाडीहरूले निरन्तर मेहनत गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम उज्ज्वल बनाउनुपर्ने धारणा व्यक्त गरे । साथै विद्यालयले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै खेलाडीहरूको मनोबल बढाउने कार्य गरेको भन्दै प्रशंसा समेत गरे ।

विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा प्रिया लामाले खेलकुदले विद्यार्थीहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले अध्ययनसँगै खेलकुदलाई विद्यालयले विशेष प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सदैव प्रोत्साहन गरिने बताइन् ।

खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, समर्पण तथा खेलभावनाको कदर गर्दै प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...