Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, समर्थकद्वारा भव्य स्वागत

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् । पर्सा जिल्ला अदालतको आदेशपछि प्रसाईं मंगलबार रिहा भएका हुन् ।

विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा इजलास नं. १ का न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिए ।

अदालतका अनुसार सोमबार ढिलो गरी अभियोगपत्र दर्ता भएकाले मंगलबार थुनछेक बहसपछि सुनुवाइ गरिएको थियो । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीको जाहेरीका आधारमा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

प्रसाईंलाई गत जेठ ४ गते राति वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगंज आएका बेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै सरकारका नाममा आवश्यक आदेश जारी गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले आइतबारसम्म प्रसाईंलाई रिहा गर्न आदेश दिएको भन्दै त्यसको कार्यान्वयन नभएको आरोपमा उनका समर्थकहरूले सोमबार पर्सा जिल्ला अदालत अगाडिको सडकमा प्रदर्शन गरेका थिए । मंगलबार दिउँसो रिहा भएपछि उनका समर्थकहरूले प्रसाईंको भव्य स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...