Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

अदालतमा दुर्गा प्रसाईंको बयान सुरु, आजै बहस र सुनुवाइ हुने

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंकाे बयान पर्सा जिल्ला अदालतमा सुरु भएकाे छ ।

प्रसाईंविरुद्ध जिल्ला सरकारी वकील कार्यालय पर्साले सोमबार दर्ता गराएको विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा आज सुनुवाइ हुन लागेको हो । प्रसाईंकाे मुद्दा पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलास नं. १ मा परेको छ ।

पर्सा जिल्ला अदालतका अनुसार हाल प्रसाईंकाे बयान भइरहेको छ भने बयान सकिएपछि बहस सुरु हुनेछ । सोमबार ढिलो गरी अभियोग पत्र दर्ता भएका कारण सुनुवाइ हुन नसकेको अदालतले जनाएको छ ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीको जाहेरीका आधारमा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरिएको पर्सा जिल्ला अदालतको वेबसाइटमा उल्लेख छ ।

प्रसाईंलाई गत जेठ ४ गते राति सिद्धार्थ दियालो होटलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगंज आएका बेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै सरकारका नाममा आवश्यक आदेश जारी गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले आइतबारसम्म प्रसाईंलाई धरौटी वा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको भन्दै त्यसको कार्यान्वयन नभएको आरोपमा उनका समर्थकहरूले सोमबार पर्सा जिल्ला अदालत अगाडिको सडकमा प्रदर्शन गरेका थिए । आज पनि उनका समर्थकहरू अदालत आसपास क्षेत्रमा जम्मा भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...