Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सरकारद्वारा धानको समर्थन मूल्य निर्धारण, मोटो धान प्रतिक्विन्टल ३६६० रुपैयाँ

spot_img
spot_img

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो र मध्यम धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले समयमै समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिए ।

सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तथा मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ कायम गरेको जनाएको छ ।

सरकारले निर्धारण गरेको समर्थन मूल्यले किसानलाई राहत पुग्ने तथा धान उत्पादनलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...