Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पर्सामा १६औं राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न, ठोरी प्रथम र पर्सागढी दाेस्राे

spot_img
spot_img

वीरगंज । पर्सामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । वीरगंजस्थित नारायणी रंगशालामा आयोजित प्रतियोगितामा सबैभन्दा बढी पदक जित्दै ठोरी गाउँपालिका प्रथम भएको छ ।

आयोजक पर्सा जिल्ला खेलकुद विकास समितिका अनुसार ठोरी गाउँपालिकाले १५ स्वर्ण, ९ रजत र ४ कास्य गरी कुल २८ पदक जित्दै उपाधि हात पारेको हो । त्यसैगरी पर्सागढी नगरपालिकाले ९ स्वर्ण, १० रजत र ८ कास्यसहित २७ पदक जितेर दोस्रो स्थान हासिल गरेको छ भने वीरगंज महानगरपालिकाले ४ स्वर्ण, ५ रजत र ९ कास्य गरी १८ पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा कबड्डी पुरुषतर्फ वीरगंज महानगरपालिका र कबड्डी महिलातर्फ पर्सागढी नगरपालिका प्रथम भएका छन् । यस्तै भलिबल पुरुषतर्फ धोबिनी गाउँपालिका तथा भलिबल महिलातर्फ ठोरी गाउँपालिका विजेता बनेका आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताहरूलाई पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानुले ट्रफी र मेडल प्रदान गरेका थिए ।

प्रतियोगितामा वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, कालिकामाई गाउँपालिका तथा धोबिनी गाउँपालिकाका ३७५ विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायत विभिन्न खेल समावेश गरिएको थियो । प्रतियोगिताको उद्घाटन शनिबार मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...