Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सिद्धार्थ माविमा सिलिङ पंखा खस्दा दुई विद्यार्थी घाइते, महानगरद्वारा छानबिन समिति गठन

spot_img
spot_img

वीरगंज । वीरगंज चिनीमिलस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षाकोठाभित्र सिलिङ पंखा चुँडिएर खस्दा दुई जना विद्यार्थी घाइते भएका छन् ।

विहीबार बिहान करिब ६ः३० बजे कक्षा ७ मा पढाइ भइरहेको समयमा चलिरहेको सिलिङ पंखा अकस्मात् चुँडिएर विद्यार्थीमाथि खसेको हो । घटनामा कक्षा ७ मा अध्ययनरत १३ वर्षीय अमन कुमार पण्डित र १३ वर्षीय आर्यन पटेल घाइते भएका छन् ।

विद्यार्थीहरूका अनुसार पंखाको तीनवटा पाता छुट्टाछुट्टै दिशामा उछिट्टिएर विद्यार्थीलाई लागेको थियो भने पंखाको कोयल रहेको भाग विद्यार्थीहरू बसेको डेस्कमाथि खसेको थियो । घाइतेमध्ये अमनको दायाँ आँखामा चोट लागेको बताइएको छ ।

दुवै घाइते विद्यार्थीको नारायणी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ । विद्यालय प्रशासनले घटनालगत्तै घाइते विद्यार्थीलाई उद्धार गरी अस्पताल पुर्‍याएको जनाएको छ ।

घटनापछि वीरगंज महानगरपालिकाले सत्यतथ्य छानबिनका लागि दुई सदस्यीय समिति गठन गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाद्वारा जारी सूचनाअनुसार ४८ घण्टाभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको हो ।

समितिमा अधिकृत छैटौं राजेश गिरी र अधिकृत छैटौं शम्भु प्रसाद सदस्य रहेका छन् । शैक्षिक प्रशासन महाशाखा प्रमुख अनिन्द लामिछानेद्वारा जारी सूचनामा घटनाको अध्ययन, अनुसन्धान तथा सुझावसहित प्रतिवेदन पेश गरिने उल्लेख गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाढीमा हराएको आशा फेरि फर्कियो, सञ्जयले पाए नयाँ जीवन

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह अहिले घरमै आराम गरिरहेका छन्। परिवारका लागि भने उनको घर फर्किनु केवल उद्धारको घटना...

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...