Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सरकारी विज्ञापन सम्बन्धि विभेदपूर्ण निर्णयविरुद्ध पर्सामा हस्ताक्षर अभियान

spot_img
spot_img

वीरगंज । सरकारले खर्च कटौतीको नाममा सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरेको भन्दै त्यसको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक अभियान सुरु गरेको छ । सोही अभियान अन्तर्गत पर्सामा पनि सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

वीरगंजको मुर्ली बगैचास्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा सुरु भएको अभियानमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूले हस्ताक्षर गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । पत्रकार महासंघले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने तथा सञ्चार क्षेत्रमै असमान व्यवहार सिर्जना गर्ने जनाएको छ ।

अभियानको पहिलो दिन आयोजित कार्यक्रममा सहभागिहरुले सरकारी विज्ञापन सरकारी संचारमाध्यमलाई मात्र दिने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका थिए । उनीहरूले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुने भएकाले सञ्चारमाध्यमलाई विभेद गर्ने कुनै पनि निर्णय स्वीकार्य नहुने बताएका छन् ।

पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको संकुचनविरुद्ध सबै पत्रकार, सञ्चारकर्मी तथा नागरिकलाई हस्ताक्षर अभियानमा सहभागी भई खबरदारी गर्न आग्रह समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालकाे अध्यक्षतामा भएकाे अभियानको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका पूर्व अध्यक्ष अनुप तिवारी, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

महासंघका अनुसार हस्ताक्षर अभियान केही दिनसम्म निरन्तर सञ्चालन गरिनेछ भने संकलित हस्ताक्षर सरकारसमक्ष बुझाइने कार्यक्रम रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...