Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

दुर्गा प्रसाईँको रिहाइको माग गर्दै वीरगंजमा पुनः प्रदर्शन

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँको रिहाइको माग गर्दै बिहीबार पुनः वीरगंजमा प्रदर्शन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि जम्मा भएका उनका समर्थकहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर घण्टाघरसम्म प्रदर्शन गरेका थिए । घण्टाघरबाट पुनः जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर प्रदर्शन समापन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले “आवाजविहीन नेपाली जनताको आवाज दुर्गा प्रसाईँलाई बिना शर्त रिहा गर” भन्दै नाराबाजी गरेका थिए ।

टाउकोमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका सयौं समर्थकहरूले “राज्य आतंक बन्द गर”, “प्रहरी दमन बन्द गर”, “दुर्गा प्रसाईँलाई रिहा गर” लगायतका चर्का नारासमेत लगाएका थिए । प्रदर्शनकारीहरूले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा प्रसाईँमाथि पक्राउ गरिएकाे आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन् ।

प्रसाईँलाई गत सोमबार वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले राति नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट पर्सा प्रहरीले जिल्ला अदालत पर्साबाट विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत ३ दिनको म्याद अनुमति लिएको थियो । उक्त म्याद बिहीबार सकिन लागेको बताइएको छ ।

पक्राउ परेका दिनदेखि नै उनका समर्थकहरुले वीरगंजमा प्रदर्शन गर्दै आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...