Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

दुर्गा प्रसाईँको रिहाइको माग गर्दै वीरगंजमा पुनः प्रदर्शन

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँको रिहाइको माग गर्दै बिहीबार पुनः वीरगंजमा प्रदर्शन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि जम्मा भएका उनका समर्थकहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर घण्टाघरसम्म प्रदर्शन गरेका थिए । घण्टाघरबाट पुनः जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर प्रदर्शन समापन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले “आवाजविहीन नेपाली जनताको आवाज दुर्गा प्रसाईँलाई बिना शर्त रिहा गर” भन्दै नाराबाजी गरेका थिए ।

टाउकोमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका सयौं समर्थकहरूले “राज्य आतंक बन्द गर”, “प्रहरी दमन बन्द गर”, “दुर्गा प्रसाईँलाई रिहा गर” लगायतका चर्का नारासमेत लगाएका थिए । प्रदर्शनकारीहरूले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा प्रसाईँमाथि पक्राउ गरिएकाे आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन् ।

प्रसाईँलाई गत सोमबार वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले राति नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्ट पर्सा प्रहरीले जिल्ला अदालत पर्साबाट विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत ३ दिनको म्याद अनुमति लिएको थियो । उक्त म्याद बिहीबार सकिन लागेको बताइएको छ ।

पक्राउ परेका दिनदेखि नै उनका समर्थकहरुले वीरगंजमा प्रदर्शन गर्दै आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...