Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

हरिखेतान बहुमुखी क्याम्पसको संकटमा सरकार मौन रहेको आरोप

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी संघ (नेवि संघ) का नेता कृष पटेलले वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको समस्या प्रति सरकार र जिल्ला प्रशासन मौन बसेको भन्दै कडा आलोचना गरेका छन् । उनले हालको अवस्थालाई “विद्यार्थीको भविष्यसँग भइरहेको गम्भीर खेलवाड” को संज्ञा दिएका छन् ।

पटेलले जारी गरेको धारणा अनुसार पर्सा, बारा र रौतहटका हजारौँ विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्पस विगतदेखि सामुदायिक स्वरूपमा सञ्चालन हुँदै आएको थियो । त्रिभुवन विश्वविद्यालयबाट नियमित अनुदान प्राप्त गरिरहेको क्याम्पस केही वर्षअघि निजी मोडलअनुसार सञ्चालन गर्न खोजिएपछि विश्वविद्यालयले अनुदान रोकिएको र त्यसयता समस्या थप जटिल बन्दै गएको उनले बताएका छन् ।

उनका अनुसार पहिले क्याम्पस व्यवस्थापन समितिमा प्रमुख जिल्ला अधिकारीसहित समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने गरे पनि हाल सीमित व्यक्तिको नियन्त्रणमा बनेको व्यवस्थापन समितिले विद्यार्थीको हितभन्दा शुल्क असुलीलाई प्राथमिकता दिएको छ । “गरिब तथा मध्यमवर्गीय परिवारका विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको छ,” उनले बताएका छन् ।

पटेलले क्याम्पसमा शिक्षक तथा कर्मचारी ३८ दिनदेखि निरन्तर धर्नामा रहेको, शैक्षिक गतिविधि प्रभावित भएको तथा दैनिक विवादका कारण शान्ति–सुरक्षासमेत कमजोर बनेको उल्लेख गरेका छन् । उनले जिल्लाबाट निर्वाचित सांसदहरू तथा सरकार समस्या समाधानमा गम्भीर नदेखिएको आरोपसमेत लगाए ।

उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै निर्वाचनअघि विकास र परिवर्तनका ठूला आश्वासन दिइए पनि व्यवहारमा जनताले अपेक्षित काम देख्न नपाएको टिप्पणी गरे । “जनताले दिएको मतको सम्मान हुन सकेको छैन,” उनले भने ।

नेवि संघ नेता पटेलले प्रमुख जिल्ला अधिकारीले लामो समयदेखि देखिएको समस्यामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै तत्काल सरुवाको मागसमेत गरेका छन् । उनले क्याम्पसको समस्या समाधानका लागि सरकार, जिल्ला प्रशासन तथा सम्बन्धित निकायले तत्काल वार्ता र पहल सुरु गर्नुपर्ने माग गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...